
- अर्थ सरोकार सम्बाददाता
बिरगंज – प्रदेश नं २ मा १५९ जनाको कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएको छ । जसमा ११३ को नतिजा ‘नेगेटिभ’ आएको छ ४६ को रिपोर्ट आउँन बाँकी छ । आउँदै..भने । प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिए ।
उक्त प्रदेशमा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (शैया) तीन हजार २३६ रहेका सचिव घिमिरेले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ ।
भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्