×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९ अन्तर्राष्ट्रिय उडानको तथ्यांक : लकडाउनका बेला फर्किए तीन हजार विदेशी नागरिक

LAXMI SUNRISE BANK

१९ अन्तर्राष्ट्रिय उडानको तथ्यांक : लकडाउनका बेला फर्किए तीन हजार विदेशी नागरिक

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि (आज) २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । लकडाउनको अवधिमा १९ वटा अन्तर्राष्ट्रिय उडानबाट तीन हजारभन्दा बढी विदेशी स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजले एक.-एक उडान गरेका छन् । यस्तै युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक पनि घर फर्किएका हुन् । 
लकडाउनका कारण नेपालक विभिन्न क्षेत्रमा छुटेका विदेशी नागरिकलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँ ल्याइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी