×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका खोल्न चीन तयार, केन्द्रीय सरकारबाट स्थानीय प्रशासनलाई आयो यस्तो निर्देशन…

LAXMI SUNRISE BANK

तातोपानी नाका खोल्न चीन तयार, केन्द्रीय सरकारबाट स्थानीय प्रशासनलाई आयो यस्तो निर्देशन…

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मेलम्ची – बन्द रहेको तातोपानी नाका खुल्ने भएको छ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द रहेको तातोपानी नाका खुल्ने भएको हो । चीन सरकारले कोरोना भाइरस (कोभिड -१९) संग जुध्न नेपाललाइ चाहिने स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो । 
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिने जानकारी दिए । यस्तै तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको बताए । 
 चीनले कोरोना भाइरस फैलिन नदिन ३ महिना सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी