×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आजबाट ८ दिन लकडाउन बनाउन हामी बाध्य भएका छौँ’ : प्रधानमन्त्री

LAXMI SUNRISE BANK

‘आजबाट ८ दिन लकडाउन बनाउन हामी बाध्य भएका छौँ’ : प्रधानमन्त्री

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गरिरहेका छन् । उनले आजबाट ८ दिन लकडाउन बढाउनु आफ्नो बाध्यता भएको बताएका छन् । आफ्नो जेल बसाइ सम्झिदै उनले लकडाउनका बेला कस्तो अनुभव हुने भन्ने विषयमा आफुलाई थाहा भएको भनाइ उनको छ ।
उनले विदेशबाट आउने सबैलाई क्वारेन्टाईनमा बस्नसमेत आग्रह गरेका छन् । उनले सरकारले महामारी रोकथामका लागि काम गरिरहेको बताएका छन्। उनले आफुलाई सबैलाई सहयोग गरिरहेकोसमेत दावी गरेका छन् ।उनले आउँदा २ हप्ता सबैका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताईरहेका छन् ।

उनले चिकित्सकसहित अस्पतालका सबै कर्मचारीहरुलाई २५ लाखको बीमाको व्यवस्था गरिएकोसमेत बताएका छन् । साथै उनले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी