×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राहत दिएजस्तो पनि, विज्ञापन गरेजस्तो पनि … शिवम् सिमेन्टले सिमेन्टकै बोरामा बोको पारेर बाँड्यो ‘आधा बोरा’ राहत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राहत दिएजस्तो पनि, विज्ञापन गरेजस्तो पनि … शिवम् सिमेन्टले सिमेन्टकै बोरामा बोको पारेर बाँड्यो ‘आधा बोरा’ राहत !

Artha Sarokar

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिवम् सिमेन्टले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण गरेको बताएको । कम्पनीले मकवानपुरस्थित उद्योग परिसर वरपर रहेका हेटौंडा उप–महानगरपालिकाका ६, १६ र १७ नम्बर वडामा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कम्पनीले मकवानपुर गढी गाउँपालिकामा १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार लकडाउनबाट सबैभन्दा पीडित हुने र दैनिक हात-मुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकाले यस क्षेत्रका परिवारको दैनिकी सहज भन्नका लागि खाद्यान्न वितरण गरिएको उद्योगका प्रमुख नवलकिशोर चौधरीले बताए ।
‘राहत पनि बोरामै आएछ नि त ?’ भन्ने स्थानीयको प्रश्नमा प्रमुख चौधरीले यो ब्रान्डीङको शैली भएको गैरजिम्मेवार जवाफ दिएका थिए  ।  जानकारहरुका अनुसार सिमेन्टको बोरामा मानव स्वास्थ्यमा असर गर्ने खालको केमिकल प्रयोग भएको हुन्छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी