मकवानपुर – लकडाउनको उल्लङ्घन गर्दै ओमी माइक्रोफाइनान्सले स्थानीय सेयर सदस्यलाई बोलाएर नियमित बैठक संचालन गरेको पाइएको छ । संस्थाको हेटौंडा १५ हटिया चिसापानीस्थितको शाखाले सरकारको निर्णयलाई उल्लङ्घन गर्दै यस्तो गरेको पाइएको हो । संस्थाले आइतबार बैठक बोलाएको हो ।
अहिले विश्वभर कोरोना भाइरस माहामारीको रुपमा फैलिरहेको छ । १२ लाख भन्दा बढी मानिस कोरोना संक्रमित भैसकेका छन् भने ६४ हजार नाघेको छ । नेपालमा पनि ९ जनामा कोरोनाको पुष्टि भइसकेको छ ।सरकारले माहामारीको रुपमा देखापरेको यस भाइरस नियन्त्रण र रोकथामका लागि चैत्र ११ गतेदेखि देश लकडाउन गरेको थियो ।
सरकारले यस भाइरसबाट बच्न घर बाहिर ननिस्किने, भिडभाडमा नजाने, मानिस जम्मा नहुने भन्दै देश लकडाउन गरेका बेला हेटौंडामा भने जनस्वास्थ्यमाथि लापरवाही गर्दै बैठक डाकेको पाइएको हो । भेलामा सहभागी केहि महिलाले मास्क लगाएका थिए भने कहिले पछ्यौराको फुर्कीले मुख छोपेका थिए ।