
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अमेरिकाले आइतबार (आज) पनि नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाँदै छ । अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टड गरेको हो । पुनः आइतबार (आज) अमेरिकन नागरिक लैजान कतार एयरवेजलाई उडान अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोना संक्रमितको संख्या बढेसगै नेपालमा रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ।
क्यु आर ३४८१ चार्टर विमानमा लान लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार विमान दोहा ट्रान्जिट भएर जानेछ । पहिलोपटक मंगलबार तीन सय नागरिकलाई कतार एयरवेजमार्फत लगिएको थियो । विमानस्थलका अनुसार यो जहाजले दोहासम्म उडान गर्नेछ भने दोहाबाट कतार एयवेजकै एयरबस ३३० जहाजमार्फत ती यात्रुलाई वासिङटन पुर्याइएको थियो । यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै १५ सय भन्दा बढी नागरिक फर्काइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्