- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले बैंकले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो ।
कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।