
काठमाडौँ – पछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९) सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान गएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको ज्यान गएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३२ पुगेको छ ।
बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको ज्यान गएको छ । अहिलेसम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सङ्क्रमण फैलिएको छ । जसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।
अहिलेसम्म ९ लाख ३४ हजार ६ सय ६८ जना सङ्क्रमित भएकामा १ लाख ९३ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन् । ६ लाख ९३ हजार ५ सय १९ जनाको उपचार भइरहेको छ । ४७ हजार १ सय ८१ जनाको भने ज्यान गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्