Skip to content
LAXMI SUNRISE BANK

लकडाउनका बेला जुवातासमा बरालिएका ११ जुवाडे पक्राउ, तपाईले चिनेका कोही परे की ? (नामसहित)

अर्थ सरोकार

वीरगञ्ज । जुवा खेल्दै गरेको अवस्थामा पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय धर्मराज पंजियार, ३२ वर्षीय सुरेश प्रसाद थारू, ३० वर्षीय बिनोद चौधरी, ३० वर्षीय बिनय थारु, गोबिन्द कुमार थारू, ओझैया थारु, शिव शंकर नुनिया, सूर्य नारायण पंजियार, ३२ वर्षीय हरिश्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरो र ३५ वर्षीय विरेन्द्र प्रसाद चौधरी रहेका छन् । 
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो । उनीहरुका साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी निरीक्षक दिपक चोरवारले बताए । 
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK