Skip to content
LAXMI SUNRISE BANK

नेपालको ‘कोरोना स्कुल’मा जागिर खुल्यो !

अर्थ सरोकार

काठमाडौँ । पूरै विश्व कोरोना भाइरसको प्रकोपको त्रासमा छ । यहि कारण नेपाल पनि पूरै लकडाउन गरिएको छ । तर यहि बेला काठमाडौँको बनस्थलीमा रहेको कोरोना स्कुलले भने जागिर खुलाएर फेसबुकमा बुष्ट गरेको छ । धेरैले यो कामको आलोचना गरेका छन् । तर स्कुलले भने कोरोनाको अर्थ ‘क्राउन’ अर्थात श्रीपेच भएको भन्दै आफ्नो काम यथावत राखेको छ ।
स्कुलले विभिन्न ८ पदमा जागिर खुलाएको छ । तर यस्तो बेलामा फेसबुकमा देखिएको यो पोष्टले मानवीय संवेदनामाथि प्रहार गरेको भन्दै धेरैले यो स्कुलको विज्ञापनलाई गलत भनेका छन् भने कतिपयले भने नामको अर्थ राम्रो भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने बताईरहेका छन् ।        
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK