×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : इटालीमा मात्रै ५ हजार बढीको मृत्यु, संक्रमित कति ?

LAXMI SUNRISE BANK

कोरोना कहर : इटालीमा मात्रै ५ हजार बढीको मृत्यु, संक्रमित कति ?

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं -कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघिसकेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले इटाली सबैभन्दा धेरै प्रवाभित बनेको छ ।  मिटर्स डट इन्फोका अनुसार इटालीमा अहिले यस देशमा ५९ हजार १३८ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ७ हजार ७०३ जना पूर्ण रुपमा निको भएका छन् । संक्रमितमध्ये ३ हजारको अवस्था गम्भीर रहेको छ । इटालीमा गत बुधबार ४७५, बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको ज्यान गएको थियो । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६५१ जनाको मृत्यु भएको छ भने ५ हजार ५६० जना नयाँ संक्रमित भेटिएका छन् ।
कोरोना भाइरस विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ भएन विश्वभर ३ लाख ३७ हजार ३ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ९८ हजार ६२७ उपचारपछि घर फर्किएका छन् । अहिले २ लाख २४ हजार ३२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १० हजार ५५३ जना भने गम्भीर अवस्थामा छन् ।
यस्तै चीनमा ३ हजार २७० जनाको कोरोनाबाट ज्यान गएको छ ।चीनमा अहिलेसम्म कुल ८१ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ५ हजार १२० जनामा मात्रै कोरोनाको संक्रमण छ । ७२ हजार ४४० भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । पछिल्लो समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । 
यता अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा संक्रमण देखा परेको र ४१९ जनाको मृत्यु भएको छ । स्पेनमा सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या एक हजार ७ सय ७२ पुगेको छ । आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ९१ को मृत्यु भएको छ । स्पेनमा आइतबार ३ हजार २ सय ७२ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा संक्रमित हुनेको जम्मा संख्या २८ हजार ७६८ पुगेको छ ।
इरानमा अहिलेसम्म १ हजार ६८५ मृत्यु भएको छ भने २१ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । आइतबार मात्रै इरानमा थप १२९ जनाको मृत्यु भएको छ भने १ हजार २८ जना थप संक्रमित भेटिएका छन् ।त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी