×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : आजबाट एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन प्रतिबन्ध, ४ बजे थप निर्णय हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना प्रभाव : आजबाट एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन प्रतिबन्ध, ४ बजे थप निर्णय हुने !

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आजबाट एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन नपाइने भएको छ । सरकारले लामो दुरीको सवारी साधन चलाउन प्रतिबन्ध लगाएसँगै एक जिल्लाबाट अर्को जिल्लामा पनि  सवारी साधन चलाउन नपाइने भएको हो । 
यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा भने रोक लगाइएको छैन । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने विभागले जनाएको छ । 
विभागका अनुसार पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोक लगाइएको छ । विभागका महानिर्देशक गोगन हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले जानकारी दिए । यसबारेमा आइतबार ४ बजे बैठक बसेर थप निर्णय हुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी