×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सावरीसाधनमा लाग्ने कर तिर्न नजान सरकारको आग्रह, पछि तिर्दा जरिवाना नलाग्ने…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सावरीसाधनमा लाग्ने कर तिर्न नजान सरकारको आग्रह, पछि तिर्दा जरिवाना नलाग्ने…

Artha Sarokar

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले ढिलो कर तिर्दा जरिवाना नलाग्ने बताएको छ । सरकारी कार्यालयमा भिडभाड कम गर्न भन्दै कर तिर्न हतार नगर्न भनिएको छ ।  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उक्त निर्णय भएको जानकारी दिएका हुन् । कार, बस, मोटरसाइकल तथा अन्य सवारीसाधनको वार्षिक कर लाग्ने सम्पूर्ण जरिवाना सरकारले मिनाह गर्ने भएको हो ।
साथै मालपोत, विद्युत, लगायतमा लाग्ने जरिवानावापतको शुल्क समेत मिनाह गर्ने भएको छ । सरकारले कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी