काठमाडौं – हिमालयन बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढी स्थानमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्नस्थानमा विशेष छुटको व्यवस्था गरेको हो ।
यसै सन्दर्भमा बैंकले आफ्ना ग्राहकका लागि नेपालको हस्पिट्यालिटीको क्षेत्रको समुह सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १० प्रतिशतको आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन् ।
बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल बढेर १०० वटा भन्दा बढी स्थानमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकवर्गहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्