Skip to content
LAXMI SUNRISE BANK

कता जाँदैछ हाम्रो समाज ? स्कुले बालकले दिउँसै घर फोडेर चोरे साढे १० लाख, प्रहरी नै भए चकित !

अर्थ सरोकार

सुर्खेत । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ । 
प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गिरफ्तार गरिएको बताए । ‘नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ’, उनले भने, ‘सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ, अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेका छौँ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK