×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : सर्वोच्च अदालतद्वारा नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाको त्रास : सर्वोच्च अदालतद्वारा नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध

Artha Sarokar

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सर्वोच्च अदालतले जापान, दक्षिण कोरिया, बहराइन, इरान लगाएतका मुलुकबाट आउने विमानलाई रोक लगाएको छ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेपछि अदालतले विभिन्न मुलुकबाट आउने विमानलाई नेपाल आउन रोक लगाएको हो। अदालतले सर्वोच्चमा परेको रिट निवेदनको सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।
चीनको वुहानमा भेटिएको कोरोना  भाइरस अहिले विश्वभर फैलिने क्रममा रहेको छ । सरकारले यसअघि ४ फागुनमा वुहानबाट १७५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याएका थियो । उनीहरुमा कोरोनाको संक्रमण नभेटिएको पुष्टि भएको छ ।
केही दिन अघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको जनाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी