
काठमाडौँ – विकास निर्माणका कार्यक्रम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति रहेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताउनुभएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले आयोजना गरेको चुरे संरक्षण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले विकास निर्माणको कामसँगसँगै चुरे क्षेत्रको संरक्षणमा चुनौति बढेको बताउनुभएको हो ।
उहाँले राष्ट्रिय गौरवका आयोजना निर्माण हुँदा बनजंगल तथा चुरे क्षेत्र मासिने अवस्था आउने भएकाले चुनौति बढेको बताउनुभयो । तराई मधेश र चुरे क्षेत्रमा सरकारले ठूला योजनाहरु प्रस्ताव गरेपछि चुरे क्षेत्रको संरक्षणलाई राजनीतिक मुद्दाको रुपमा पनि उठाउन खोजिएको उहाँले बताउनुभयो । उहाँले एकातिर चुरो संरक्षणको महत्व जैविक विभिधताको संरक्षणको रुपमा र अर्कोतिर सामाजिक विविधता तथा एकताका कुराहरुको रुपमा तथा जलाधारको संरक्षणको रुपमा समेत रहेको बताउनुभयो ।
विकास निर्माणका गतिविधि अगाडि बढाउँदा चुरे क्षेत्रमा क्षति हुन सक्ने भएकाले चुरे संरक्षणको योजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको उहाँले बताउनुभयो ।
नेपालको करिब १३ प्रतिशत भूभाग चुरे क्षेत्र रहेको छ भने ४५ लाख जनसंख्या यस क्षेत्रमा बसोबास गर्छन् । सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चौथो पञ्चवर्षिय योजना (१९७०/१९७५) देखि नै महत्व दिदै आएको थियो । तर आर्थिक वर्ष २०६६/०६७ देखि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मार्फत चुरे क्षेत्रको संरक्षणका कार्यक्रमहरु गर्दै आएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्