×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनञ्जय रेग्मी नियुक्त

PRIME CA

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनञ्जय रेग्मी नियुक्त

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्डको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई नियुक्त गरेको हो । 
बोर्डमा सीईओको कार्यकाल चार वर्ष हुनेछ। विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो । तिन जनामध्ये रेग्मीले सबैभन्दा धेरै अंक ल्याउएका थिए । 
उनले जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा छन्। साथै हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: