×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले १ लाख ३० हजार ४० कित्ता संस्थापक सेयर बिक्री गर्दै, ३५ दिनभित्र फारम भर्नु पर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले १ लाख ३० हजार ४० कित्ता संस्थापक सेयर बिक्री गर्दै, ३५ दिनभित्र फारम भर्नु पर्ने !

Artha Sarokar

१० माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंकले १ लाख ३० हजार ४० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । सार्वजनिक भएको सूचना अनुसार बैंकका संस्थापक सेयरधनी मंजु तापडियाले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न  लागेको हो । यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी