×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा हुँदै, अध्यक्ष भवानी राणाद्वारा उद्घाटन हुने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा हुँदै, अध्यक्ष भवानी राणाद्वारा उद्घाटन हुने (भिडियो रिपोर्ट)

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । ‘कनेक्ट, कोलाब्रेरेट र क्रियट’ भन्ने नाराका साथ नेपाली युवा उद्यमी फोरमले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंको लाजिम्पाट स्थित होटल ¥याडिसनमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । 
उहाँले सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरुको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने बताउनुभयो । सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरु गरी करिब ३ सय जनाको उपस्थिति रहने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्नुहुने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी