×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले पुग्लान् सबै स्थानीय तहमा बैंक ? अझै १० तह बैंकबिहिन…!

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कहिले पुग्लान् सबै स्थानीय तहमा बैंक ? अझै १० तह बैंकबिहिन…!

Artha Sarokar

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अझै १० स्थानीयहरु तह बैंक बिहिन रहेका छन् । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा ७५३ स्थानीय तहमध्ये ७४३ तहमा मात्र वाणिज्य बैंक पुगेका हुन् । 
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा १/१ शाखा, प्रदेश ३ को दुई स्थानीय तह र सुदूर पश्चिमको चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ । हाल नेपालमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या मंसिर मसान्तमा ९२९७ वटा पुगेको छ । जसमा वाणिज्य बैंकको शाखा ३९५१, विकास बैंकको शाखा १२९०, वित्त कम्पनीको शाखा २२९ र लघुवित्त वित्तीय संस्थाको शाखा ३ हजार ८२७ रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी