Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको सेयर सूचिकृत भएको छ। बुधबारको कारोबारमा ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 
तत्कालीन जनता बैंकको सेयर अब ग्लोबल आइएमई बैंकको नाममा सूचीकरण भएको हो । ग्लोबलले जनतासँग १ः८५ अनुपातमा मर्ज गरेको थियो । यसआधारमा सोही सेयर स्वाप अनुसार कायम भएको जनता बैंकको सेयर ग्लोबलको नाममा सूचीकृत गरिएको हो । अब जनताका सेयरधनीले ग्लोबल आइएमई बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK