×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न, १६% लाभांश प्रस्ताव पारित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्राइम बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न, १६% लाभांश प्रस्ताव पारित

Artha Sarokar

२७ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम बैंकको १२ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १६ प्रतिशत बोनस वितरण गर्ने भएको छ । बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले १२ औ साधारण सभा सम्पन्न गरेको हो ।
उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ कित्ता शेयर स्वरुप रेसियो कायम गरेको छ ।
प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात शाखा संख्या १ सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी