काठमाडौं – मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ । बैंकले दमौलीस्थित साना तथा लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो ।
उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ । साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको कम्पनीले जनाएकाे छ ।
उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्