×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान !

Artha Sarokar

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । यही पुस २२ गते अष्टे«लियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । 
पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुग्नुभएको हो । राष्ट्रमण्डल अष्टे«लियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ । 
कार्यक्रममा गैरआवासी नेपाली सङ्घ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन् । त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो । अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ । 
पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताउनुभयो । नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी