Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न, ६.८ प्रतिशत लाभांश पारित !

अर्थ सरोकार

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार दुई सय ८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए । 
अध्यक्ष आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा÷नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK