×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सुनसरीको इनरुवामा, प्रमुख जिल्ला अधिकृत पौडेलद्वारा उद्घाटन

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सुनसरीको इनरुवामा, प्रमुख जिल्ला अधिकृत पौडेलद्वारा उद्घाटन

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

इनरुवा

काठमाडौं – प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरेका हुन् ।
बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: