काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४ लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ ।
किसान माइक्रोफाइनान्सको २३.९५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि सेयर कारोबारको मूल्य ६६९ रुपैयाँ ६२ पैसा तोकेको छ । यसैगरी, मिथिला लघुवित्तको १५% बोनस सेयर समायोजनपछि नेप्सेले ४६६ रुपैयाँ ०९ पैसा मूल्य निर्धारण गरिएको छ ।
यता, उन्नति माइक्रोफाइनान्सको ३८.६०% बोनस सेयरपछिको मूल्य ६३३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । त्यस्तै, फरवार्ड लघुवित्तको ३२.५०% बोनस सेयरपछिको मूल्य १०५२ रुपैयाँ ०८ पैसामा आएको छ । यिनै भाउलाई आधार मानेर मंगलबार चार वटै लघुवित्तको सेयर कारोबार खुल्ला हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्