साथै संघले निर्देशन फिर्ता लिनुपर्ने पनि ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरु सामाजिक सुरक्षा कोषमा जाँदा काटिने लगायतका कुराको समस्या आउने संघले जनाएको छ । राष्ट्र बैंकले जबरजस्ती आवद्ध गराउन खोजे आन्दोलनमा उत्रिने समेत संघले जनाएको छ ।
संघले कोषमा आवद्ध हुनुमा कुनै फाइदा नभएको पनि जनाएको छ । हाल सो संघ अन्तर्गत ४५ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरु रहेका छन्।
संघले जारी गरेको विज्ञप्तीमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको नोकरी अबधि ३० वा उमेर ५८ वर्षमा अवकाश हुने हुँदा सामाजिक सुरक्षा कोषको व्यवस्थानुसार ६० वर्ष पुगेपछि मात्र निवृत्तीभरण बापतको रकम भुक्तानी हुने उमेरको अन्तरले गर्दा पर्नजाने समस्यालाई सम्वोधन गर्नुपर्ने उल्लेख छ । यस्तै संघले सामाजिक सुरक्षा योजनामा जाँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्रा सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नुपर्ने समेत उल्लेख छ ।