Skip to content
LAXMI SUNRISE BANK

एलआइसी नेपालले ‘खर्च गरेर’ फेरि लियो ‘वेष्ट ब्राण्ड लिडरसीप अवार्ड’ ?, बीमा समितिका अध्यक्ष भन्छन्, ‘छानविन गर्दैछौं’

अर्थ सरोकार

काठमाडौँ । एक बर्षअघि अघि ‘खर्च गरेर अवार्ड लिएको भन्दै’ विवादमा तानिएको अवार्ड एलआइसी नेपालले पुन: लिएको छ । वल्ड मार्केटिङ कङगेस्रले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल)लाई उक्त अवार्ड दिएको हो। गत बर्ष सोहि आयोजकले आयोजना गरेको सोहि कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, बेष्ट ब्राण्ड लिडरशिप अवार्ड, गुराँस लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले बेष्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित भएका थिए । 
जुन अवार्ड पाउन कम्पनीहरुले जनही ५० हजार रुपैयाँभन्दा बढी रकम खर्च गरेका थिए । यहि अवार्डको बारेमा अर्थ सरोकारको प्रश्नको उत्तर दिंदै बीमा समितिका अध्यक्षले इन्स्योरेन्स कम्पनीहरु आफ्नो जानकारी बिना पाउने उक्त अवार्ड अन्तिम भएको दावी गरेका थिए । तर नियामकलाई जानकारी नै नदिइ यसपाली पनि उक्त कम्पनीले अवार्ड लिएको छ । गत बर्ष अर्थ सरोकारले यस विषयमा समाचार प्रकाशन गरेपछि गुराँस लाइफले भने यसपाली पैसा नतिरेको बुझिएको छ । 
यसअघि विभिन्न बैंकहरुले पनि यसरी नै अवार्डको खेती गरेपछि नेपाल राष्ट्र बैंकले यस्ता गलत धन्दामा रोक लगाएको थियो । यसो त अवार्ड दिने आयोजक खास चलेको र विश्वास गर्न योग्य कम्पनी पनि होइन । यो कम्पनी अवार्ड आयोजना गर्ने र तीनैबाट रजिष्ट्रेसन वा अन्य कुनै नाममा कुनै न कुनै रुपमा पैसा ‘झार्ने’ संस्था हो ।
कम्पनीका अधिकारी भन्छन्, ‘अवार्ड नै लिन भनेर होइन तर कार्यक्रममा अलिअलि खर्च भएको छ’यस  विषयमा बुझ्यन कम्पनीका सीइओसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि हामीले कम्पनीका  एक उच्च तहका अधिकारीलाइ यस विषयमा सोधेका थियौं । उनले आफ्नो नाम नबताउने सर्तमा पोहोर र यसपाली दुवै बर्ष आयोजकलाई पैसा तिरेको स्वीकारेका छन् । ‘पैसा तिरेको पनि हो । अवार्ड पाउने पक्का पनि गरेको हो । तर अवार्डकै लागि भनेर पैसा तिरेको चाहिं होइन । पोहोर अर्थ सरोकारले पैसा तिरेको खबर छापेपछि यसपाली अलि घुमाउरो पाराले आयोजकलाई पैसा तिर्नेगरी मेमो उठाइएको हो । तर मेरो नामचाहिं नआओस्, जागिरको सवाल छ ।’ कम्पनीका उच्च एक अधिकारीले भने ।        
बीमा समितिका अध्यक्ष भन्छन्, ‘मैले पनि भर्खर पत्रिकामा देखें, छानविन हुन्छ’
यता बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले आफुले पनि आजैमात्र पत्रिका पढेर एलआइसी नेपालले अवार्ड पाएको थाहा पाएको बताउँदै यस विषयमा बीमा समितिमा कुनै पनि जानकारी नआएको स्पष्ट पारेका छन्। रेगुलेटरको काम भनेको बीमा कम्पनीहरुले यस्तै प्रकृतिका गतिविधि गरेमा निर्देशन जारी गर्ने हो । कम्पनीले बीमा समितीबाट अवार्डका लागि स्वीकृति लिएको छैन । अझ पैसा नै तिरेको भन्ने कुरा यदी हो भने सिरियस कुरा हो । हामी छानविन गरेर आवश्यक निर्देशन दिन्छौँ। ‘ उनले भने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK