- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सम्बन्धित सेयरधनीको डिम्याट खातामा २०% बोनस सेयर जम्मा गर्न थालेको छ । कम्पनीले गत पुस ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा २०% बोनस सेयर जम्मा गर्न थालेको हो ।
पुस ४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।