काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले मंगलबार (कार्तिक २६ गते) बुढानिलकण्ठ नगरपालिका वडा नं.–७, हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले गरे । कार्यक्रम विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यशिलताको विकास तथा नगरपालिकाभित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।
गरिमा विकास बैंकले काठमाडौँ उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्