×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाका ग्राहकलाई अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गर्दा छुट !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशियाका ग्राहकलाई अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गर्दा छुट !

Artha Sarokar

४ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३०० क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।
उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआईसीएनेपाल, भारतका लागि एनआईसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआईसीएएसआईए प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।
सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र संस्कृति इन्फोएज प्रालि (माई ट्रिप टु नेपाल)  को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका छन् ।
२०७६ कात्तिक २ देखि कात्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी