×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुपमा डिजिटल भुक्तानी गर्दा १०% छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुपमा डिजिटल भुक्तानी गर्दा १०% छुट पाउने

Artha Sarokar

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ । 
सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्ने छन् । 
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेज्यू र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गरे। यस योजनाबाट ग्राहक हरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्ने र डिजिटल भुक्तानीलाई थप प्रवर्धन हुने विश्वास बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी