
काठमाडौँ । नेपाल टेलिकमले थप ३२ जिल्लामा फोरजी सेवाको नेटवर्क विस्तार गर्ने भएको छ ।टेलिकमले दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी लगायतमा फोरजी सेवा सञ्चालन हुनेछ । त्यस्तै महोत्तरी, रुकुम, बागलुङ, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, कैलाली र कपिलवस्तुका सदरमुकाममा पनि फोरजी सेवा विस्तार गर्न लागेको हो ।
उक्त सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । यसअघि भने टेलिकमको सो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध थियो । यसरी मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्