×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति

PRIME CA

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति

अर्थ सरोकार

९ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा आज हस्ताक्षर गरेका हुन् । यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । 
गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाइने उनले जानकारी दिए । उक्त सहमतिमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको बैंकको शाखा १९१ पुगेको बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: