×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्ति सेनामा जाने नेपाली सेनाको तलब प्रतिमहिना ८५ अमेरिकी डलर बढ्यो, कहिलेदेखि हुन्छ लागु ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शान्ति सेनामा जाने नेपाली सेनाको तलब प्रतिमहिना ८५ अमेरिकी डलर बढ्यो, कहिलेदेखि हुन्छ लागु ?

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको भत्तामा अमेरिकी ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।
अहिले विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२  मिशनमा १९५ महिलासहित पाँच हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा रहेको छ ।
यस्तै बैठकले गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १ हजार ३७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी एक हजार ३९९ अमेरिकी डलर प्रतिमहीना कायम गर्ने निर्णय गरेको छ भने उक्त निर्णय आगामी असोज १४ (अक्टुबर१)देखि लागू हुने बताइएको छ । 
उक्त भत्ता वृद्धिबाट सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्नेछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिशनमा रही हालसम्म एक लाख २७ हजार ३९० जनाले शान्ति स्थापना कार्यमा योगदान पु¥याइसकेका छन् । उक्त क्रममा ६५ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना गम्भीर घाइते भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी