×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तले १५% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्फिनिटी लघुवित्तले १५% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांस दिने निर्णय गरेको हो । साथै बोनस सेयरमा लाग्ने कर तिर्न ०.७९% नगद पनि दिने भएको छ । यस अनुसार करसहित सेयरधनीले कुल १५.७९% लाभांश पाउने भएको छ । 
कम्पनीले २ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको बोनस र १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद बाँड्ने भएको छ । साथै, १६ लाख ३७ हजार ३६८ रुपैयाँ कर प्रयोजनका लागि पनि छुट्टाइएको छ । हाल इन्फिनिटी लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी