
काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५५, पाउण्ड स्टर्लिङमा ३५ र यूरोमा २५ को उच्चतम व्याजदर प्राप्त गर्न सकिन्छ । सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम दश हजार (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्नेछ ।
२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् । यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेवसाईट डब्लुडब्लुडब्लु डट सानीमा बैंक डट कममा लग इन गरी अनलाईनबाटै आवेदन दिन सकिने छ ।
खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्नेछ । सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्