काठमाडौं – नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००(दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ ।
यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,००० वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुदाका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,००० को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,००० बीमा रकम प्रदान गरिनेछ ।
यस योजना अन्तर्गत आफ्नो नेपाली मुदाका खातामा न्यूनतम रु. ५,००० मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भदाैमा भैसकेको छ । साथै, यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,००० वा बढी मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,००० वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।
नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,००० वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।
यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।
यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट (डब्लुडब्लुडब्लु नबिल बैंक डट कम) वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न. १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ । यस नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको प्रमुख वजार व्यवस्थापन अधिकृत विनय कुमार रेग्मीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्