Skip to content
LAXMI SUNRISE BANK

सरकारी निकायले अभिलेखलाई व्यवस्थापन गरेनन्, ‘अव यसरी चल्दैन्’ : गृहसचिव राई (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । गृह सचिव प्रेम कुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रो संग व्यवस्थापन नगरेको बताउनुभएको छ । संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण सम्बन्धी छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहसचिव राईले कुनै पनि निकायले आफ्ना विभागिय जिम्मेवारी भित्रको ऐतिहासिक दस्तावेजलाई व्यवस्थापन नगरेको बताउनुभयो । विदेशमा संरक्षणको जिम्मेवारी निजी क्षेत्रलाई दिने अभ्यास रहेको उल्लेख गर्दे उहाँले नेपालमा भने निजी क्षेत्रलाई दिदां कोकोहोला मच्चाउने अनि सरकारी निकायले संरक्षण नगर्ने प्रवृति देखिएको बताउनुभयो ।
उहाँले सरकारी निकायका अधिकारीहरु जिम्मेवार नबन्दा आफु गृहमन्त्रालयका डंगुर फोहोर सोर्नेमा परेको गुनासो पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले भएका अड्डाहरुले पनि आफ्ना मालसामानहरु राम्रो संग सम्हालेर राखेका छैनन् । आफुले गाडी प्रयोग गर्यो चलुन्जेल। अनि ल्याएर फालिदिएका छन् । पछि तीन वटा हाकिम फेरेपछि उसको थाप्लोमा चाही गाडीका थुप्रो सोहोर्नु पर्ने अवस्था श्रृजना हुन्छ । यो सोर्नेमा म धेरै परेको छु । गृहमन्त्रालयका यी डंगुर फोहर सोर्नेमा मैले २०६७ सालमा पनि ८/१० ट्रक सामान जलाएर सफाई गरेको । अहिले ७० /८० वटा गाडी लिलाम गरेँ । ३२ वटा गाडी स्थानीय तहमा हस्तान्तरण गरेको छु । ”
गृहमन्त्री राईले बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेजको रेकर्ड कहि फेला नपरेको तथा अहिले संरक्षण विहिन अवस्थामा रहेकाले मुसा र कुकरको बासस्थान बनेको बताउनुभयो ।
ओखेटोपहार व्यवस्थापन सम्बन्धमा समितिले बुधबार गृहसचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसंग छलफल गरेको हो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK