
काठमाडौं । नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुइ देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते देखि ७ गते सम्म काठमाडौँमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयन लाई सहयोग गर्ने बताएका जानकारी दिएको हो । नेपाली बायु सेवाले युरोपको आकाशमा उडान भर्न नपाई रहेको बेला छिमेकी चीनका अधिकारीले चीनको आकाशमा नेपाली जहाज उड्न सक्ने आश्वाशन दिएका हुन् ।
नेपाली बायुसेवा कम्पनि हिमालय एयरलाइन्सले चीनको विभिन्न क्षेत्रमा उडान भरिरहेको दृष्टान्त दिदै चिनिया अधिकारीहरुले नेपाली बायुसेवाले हवाई सुरक्षाको सबै मापदण्ड पुरा गरेकोले प्रतिबन्ध लगाईरहनु नपर्ने बताएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । छलफलमा चिनिया अधिकारीले युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउन चिन सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको पनि महानिर्देशक पोखरेलले बताउनु भयो ।
यस्तै छलफलमा भारतीय अधिकारीहरुले नेपालको हवाई ट्राफिकलाई ब्यबस्थापन गर्न हवाई रुट र होल्डिङ्ग एरिया उपलब्ध गराउन सकिने बताएको पनि नागरिक उड्डयनले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै निकट भविष्यमा संचालनमा आउन लागेको गौतमबुद्ध बिमानस्थलमा अन्तराष्ट्रिय बायु सेवाका विमानले अवतरणको समयमा केहि भारतीय भूभाग पनि छुने हुदा के गर्ने भन्ने समस्या थियो यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिदै तत्काल समस्या नहुने बताएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक पोखरेलले भारतीय पक्षको आश्वाशनले ठुलो समस्या हल भएको बताउनु भयो ।
यस्तै दक्षिण कोरियाका अधिकारीले पनि नेपाल दक्षिण कोरिया जान नेपाली बायु सेवाले अवशर पाउन सक्ने बताएको छ । नेपालको हवाई उड्डयन सुरक्षामा कुनै समस्या नरहेको भन्दै प्रक्रियागत रुपमा सेफ्टी अडिट गरेर अगाडी जान सकिने कोरियाली अधिकारीले प्रतिबद्धता जनाएको पनि महानिर्देशक पोखरेलले जानकारी दिनु भयो ।काठमाडौँमा ५ दिन चलेको सम्मेलनमा ३६ देशका प्रतिनिधिहरु सहभागी थिय। सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्