
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि तयार पारेको भिडियो क्लिप्स सार्वजनिक भएको विषयमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मुख खोलेका छन् । यो विषयलाई लिएर उनकैसमेत चर्को आलोचना भइरहेका बेला उनले फेसबुकमा स्ट्याटस राख्दै यस्तो रहस्य खोलेका हुन् ।
भिडियो कसरी बाहिरियो भन्ने सवालमा सम्पादक किशोर श्रेष्ठले लामो फेसबुक स्टाटस लेख्दै यसो भनेका छन् :
‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो, ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे,। यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिनु पर्यो । हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौं ।
मेरा स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’मा पनि संलग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरैवटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाउँ न भनी आग्रह गर्नुभएबमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो । सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ । त्यही कर्तव्य पालना हामीबाट पनि भएको हो तर यसवीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो ! उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन । सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान् । हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक IT बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ । जब कूल १३ मिनेट २४ सेकेण्डभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन !
घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो । यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुछ्ने या विषयान्तर गर्ने जरुरतै छैन । हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस भन्ने चाहन्छौं, त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस भन्ने ठान्दछौँ ।
हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका video clip हरु थyoutube मा सर्च गर्दा पाउन सक्नुहुन्छ । न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै । सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस, मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ।
३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह–अवरोह झेलेका छौँ र सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहकमा कोही, कसैमाथि, कहिल्यै पुस्ट्याई बिनाका आरोप नलगाऊँ । हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ । सक्दो जानकारी दिन हर्दम तयार छौँ । हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको बिगत र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् । गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं ।
र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ । पुनश्च : video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनविश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ । वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्