×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकलाई उपाय सर्भिसेसले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा २०% सम्मको छुट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकका ग्राहकलाई उपाय सर्भिसेसले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा २०% सम्मको छुट !

Artha Sarokar

२७ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ ।
उपाय सर्भिसेज लिमिटेड कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो । कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय र पारदर्शी तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ ।
कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ ।
यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् १७ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी