×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ६७ करोड, प्रतिशेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ६७ करोड, प्रतिशेयर आम्दानी कति ?

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासमा ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले संचालनमा आएको छोटो अवधिमै यो नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकले २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 
यता बैंकले ब्याज आम्दानी १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ भने २३ लाख ५१ हजार ब्याज खर्च रहेको सार्वजनिक वित्तिय विवरणमा उल्लेख छ । 
१२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ११ पैसा र बैंकको कोषको लागत ९.३४ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
यस्तै बैंकको कर्मचारी खर्चसहित जम्मा सञ्चालन खर्च १७ करोड ३० लाख रुपैयाँ रहेको छ । सरकारको १० प्रतिशत लगानी र बाँकी ९० प्रतिशत निजी क्षेत्रको लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्बको साधारण शेयर (आईपिओ) जारी गर्नेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी