×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक १५.८९% बोनस सेयर पारित गर्न भदौ २३ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंक १५.८९% बोनस सेयर पारित गर्न भदौ २३ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसीसी बैंकले एकैसाथ २०औँ र २१औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभा राष्ट्रिय सभा गृहमा भदौ २३ गते बिहान ११ बजे गर्ने भएको छ । 
बैंकले उक्त सभामा १५.८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँको १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस सेयर प्रस्ताव गरेको हो । साथै, बैंकले एफपीओ निष्काशनको व्यवस्था गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ । 
बैंकले उक्त सभाको लागि साउन २६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार, बैंकले प्रदान गर्ने बोनस प्राप्त गर्नको लागि साउन २३ गते भित्र सेयरधनी बनिसक्नुपर्नेछ। हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । 
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी