×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डका घरभेटिले काम नगर्दा स्थानीय र बैंकलाई धोका, अनुगमन गर्ने थाहा पाएपछि टालटुले रमिता, स्थानीय आक्रोशित (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डका घरभेटिले काम नगर्दा स्थानीय र बैंकलाई धोका, अनुगमन गर्ने थाहा पाएपछि टालटुले रमिता, स्थानीय आक्रोशित (भिडियो)

Artha Sarokar

१४ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ससदीय समितिले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोट जाने सडक निर्माण प्रक्रियाका सम्बन्धमा चासो राखेको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुर–नगरकोट सडक खण्ड ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पूरा हुन नसकेपछि संघीय संसद, प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिले त्यसतर्फ चासो देखाएको हो । विसं २०७० सालमा १७ किलोमिटर सडक निर्माणका लागि शैलुङ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । ३७ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सनले समयमै निर्माण सम्पन्न नगरेपछि समितिले सो सडक खण्डको स्थलगत अनुगमन गरि एक बर्ष भित्र निमार्ण सम्पन्न हुनेगरि कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
स्थलगत अवलोकनपछि आयोजित अन्तरक्रियामा स्थानीयले सडक निमार्ण समयमै हुन नसक्दा नगरकोट क्षेत्रका होटल लगायतका व्यवसाय धरापमा परेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले समितिका सदस्य अनुगमनमा आउने थाहा पाएपछि सडक ममत सुरु गरेको पनि बताए । ठेक्का सम्झौता पाएको शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिले भने समयमा रकम निकासा नभएकाले काम प्रभावित भएको दाबी गरेका छन् । कन्स्ट्रक्सनका प्रतिनिधि सुदन गौलीले झण्डै ९ करोड रुपैयाँ निकासा हुन नसकेको बताए। 
भारतको एगजिम बैंकको सहयोगमा विस्तार हुन लागेको यो सडक आयोजना आर्थिक बर्ष २०७२÷७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो । भक्तपुरको कमलविनायक–नगरकोट सडक आयोजनाको निर्माण ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी समेत हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी