Skip to content
LAXMI SUNRISE BANK

दिनमा कोहि न कोहि नेता पुग्ने रेष्टुरेन्ट ‘यलमाया ढोकैमा क्याफे’को मेनु गैरकानुनी ! नियम विपरित उठाउँछ भ्याट ! (प्रमाणसहित)

अर्थ सरोकार

काठमाडौँ – ‘भीआइपी’ व्यक्तिको लगानी भएको रेष्टुरेन्टका रुपमा परिचित ललितपुरको चर्चित ‘यलमाया ढोकैमा क्याफेको मेनु गैरकानुनी रहेको खुलासा भएको छ । भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि कम्पनीले भ्याट बाहेकको मूल्य राखेर भ्याट सम्बन्धि कानुन मिचेको हो । यसअघि अर्थ सरोकार डटकमले सिद्धार्थ फुडल्याण्ड, रेड मड क्याफे लगायतका रेष्टुरेन्टहरुको मेनु गैरकानुनी रहेको खबर सार्वजनिक गरेपछि अहिले ती रेष्टुरेन्टहरुको मेनु परिवर्तन भएको छ । अर्थ सरोकारले समाचार लेखेपछि करदाता सेवा कार्यालयले चासो देखाएसँगै ती रेष्टुरेन्टहरुको मेनु परिवर्तन भएको हो । अर्थ सरोकार डटकमले ‘अप्रेशन खानाबार’ अन्तर्गत उपत्यकाका विभिन्न रेष्टुरेन्टहरुको ‘मिडिया अनुगमन’ गरिरहेको छ । यहि सिलसिलामा मंगलबार सिद्धार्थ कटेजमा यस्तो फेला परेको हो । 
यसकारण गैरकानुनी भयो मेनु ‘गैरकानुनी’!
नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत भ्याट नियमावली २०५३ को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ तर यो नियमको बर्खीलाप गर्दै यालाय्माया ढोकैमा क्याफेले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेको छ । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३% अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर यो रेष्टुरेन्टले खुलेआम रुपमा कानुनको धज्जी उडाएर यसरी ‘गैरकानुनी’ नियम बनाइरहेको छ ।
के भन्छ आन्तरिक राजश्व विभाग ?
यता भ्याट सम्बन्धि नियम कार्वनयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका अधिकारी भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताउँछन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ ।’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’ यसो त यो रेष्टुरेन्टमा दिनहुँजसो ठुला नेताहरुको पनि बाक्लै उपस्थिति हुन्छ। यहि कारण पनि यो रेष्टुरेन्टलाइ नियम नमान्ने छुट भएको व्यंग्य गर्छन् त्यहाँ पुग्ने ग्राहक । अझ खास कुरा त यो रेष्टुरेन्टमा दिनहुँ कोहि न कोहि नेता पुगेकै हुन्छन् । यो समाचार तयार गर्न हाम्रा सम्बाददाता पुगेको दिन त्यहाँ शाझा विवेकशील पार्टीका नेता त्यहाँ देखिन्थे । यसरी नेताहरुसँग राम्रो पहुँच भएका भीआइपीको रेष्टुरेन्ट भएकाले पनि यो रेष्टुरेन्टले जे गर्दा पनि कारवाही गर्ने कसैको तागत छैन ।  

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK