राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताउनुभयो । उहाले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुंदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताउनुभयो ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी लगायत महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख नारायणप्रसाद लामिछानेले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने उपप्रबन्धक रोहित रेग्मीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्